लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने घोषणा
प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

अन्तराष्टिय वित्त निगम (आईएफसी)ले नेपालमा (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी लगानी गर्ने बताएको हो ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताए । उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए । निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ । आईएफसी नेपालको पुरानो विकास साझेदार हो । उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ ।
चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ ।