जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त  सडकमा डोजर लगाउन पाइदैथ्यो । १ करोडभन्दा कम लागतका योजनामा डोजरलगायतका ठुला मेसिन प्रयोग निषेध गर्ने गरी सरकारले २ महिनाअघि निर्देशिका जारी गरेको थियो ।

‘हामीलाई कुनै जानकारी नै छैन,’ खाँडादेवी ७ का वडाध्यक्ष असलसिंह तामाङ भन्छन्, ‘संघीय सरकारले पत्र पठाएको छैन, गाउँपालिकाले यस विषयमा केही जानकारी दिएको छैन ।

जानकारी आउँदा यस्तो काम गर्दैनथ्यौँ । नीति बनेको राम्रो भयो, त्यो आएदेखि हामी त्यसै दिनदेखि साना योजनामा डोजरको प्रयोग रोक्छौँ ।’ सरकारको नीति थाहा नपाउने खाँडादेवी गाउँपालिका मात्र होइन्, दोरम्बा डडुवाका वडाध्यक्ष ढालबहादुर रानामगरलाई पनि अत्तोपत्तो छैन । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com