मेक्सिकोले कदम नचाले सिमानाका बन्द गर्ने ट्रम्पको चेतावनी
प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

मेक्सिकोले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउन कुनै कदम नचाले अर्कोसातादेखि अमेरिका र मेक्सिकोबीचको सिमानाका बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले अमेरिकामा दक्षिणी सिमाक्षेत्रबाट काजपत्रविहिनहरु आउने क्रममा रोक नलगाए अर्को सातादेखि सिमानाका बन्द गर्ने चेतावनी दिएका हुन् ।
फ्लोरिडामा शुक्रबार बोल्दै ट्रम्पले अमेरिकामा कागजपत्रविहिनका लागि अध्यागमन जेलहरु भरिएकोमा जोड दिएका छन् । उनले भने सबै ठाउँहरु भरिएका छन् । हामीसँग मान्छेहरु राख्ने ठाउँ छैन । मेक्सिकोले यसलाई सहजै रोक्नसक्छ ।
मेक्सिको र अमेरिकाबीचको सिमानाका बन्द गर्ने कुरा दुर्लभ भएपनि असम्भव भने नभएको जनाइएको छ । सन् १९८५ मा लागु औषध ओसारपसार नियन्त्रण गर्ने तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले ९ वटा सिमानाका बन्द गर्ने सहमति गरेका थिए ।