एसईई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त ,बिभिन्न ठाउमा प्रदर्शन


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहट जनकपुर  बिरगन्ज लगायत ठाउमा प्रदर्शन गरेका छन् । विज्ञान विषयको प्रश्नपत्र आउट भएलगत्तै बिहीबार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र आउट भएपछि विद्यार्थीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

त्यस्तै प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com