चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा र दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।
निकुञ्जको सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैँडा प्राकृतिलगायत कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैँडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन् । निकुञ्जका अनुसार यसअघि आव २०५६र ०५७ मा प्राकृतिक कारणबाट २८ वटा गैँडा मरेका थिए ।
निकुञ्ज क्षेत्रमा पछिल्लोपटक आइतबार बिहान पोथी गैँडा मरेको छ । भरतपुर महानगपालिका २३ जगतपुरस्थित होटलको सेफ्टी ट्यांकीमा परेर गैँडाको मृत्यु भएको हो । यो समाचार सविता श्रेष्ठले नागरिकमा लेखेकी छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।