न्यूयोर्कमा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल हुने


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

युनाइटेड नेप्लीज एसोशिएशनको मे २५र२६ मा न्यूयोर्कमा हुने चौथौ सम्मेलनमा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल हुने भएको छ ।

अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिभाहरूको क्षमता अभिबृद्दिका लागि यस्तो कार्यक्रम गर्न लागिएको आयोजकको जनाएका छन् । बिभिन्न राज्यबाट यस्ता प्रतिभालाई चयन गरेर न्यूयोर्क ल्याइनेछ ।

युएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढाले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकामा लुकेका प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विज्ञप्तिमा भनिएको छ,’ नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका , लुकेका युबा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com