प्रदेश नम्बर ५ मा भ्रष्टाचार बढ्यो : अख्तियार


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा उजुरी परेको तुलनामा निकै कम मुद्दाहरुमात्र फच्र्यौट हुने गरेको देखिएको छ ।

अख्तियारको बुटवल कार्यालयमा परेको १ हजार १ उजुरी परेकोमा ४ सय ९२ उजरीको मात्र फच्र्यौट भएको पाईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुटवलमा गरेको अन्तरक्रियामा कार्यालयले प्रस्तुत गरेको प्रतिबेदनमा यस्तो तथ्यांक भेटिएको हो ।

आयोगको तथ्यांक अनुसार बुटवल कार्यालय अन्तर्गत १० जिल्लाहरुमा सबैभन्दा बढी रुपन्देहीमा उजुरी परेको र सबै भन्दा कम रुकुम पुर्वमा उजुरी परेका छन् । रुपन्देहीमा ३ सय ३८ उजुरी परेकोमा आयोगले ७७ उजुरीको मात्र फच्र्यौट गरेको छ भने रुकुम पुर्वमा ७ वटा उजुरी परेकोमा १ वटा मात्र फच्र्यौट गरेको छ ।

आयोगका अनुसार कपिलवस्तुमा १ सय ९७, नवलपरासी पश्चिममा १ सय ७९, अर्घाखांचीमा ७२, पाल्पा ५३, गुल्मी ४८, रोल्पा ३१ र प्युठान १२ वटा उजुरी परेको थियो । आयोगले प्रमुखरुपमा ८ जना बिरुद्ध ६ वटा मुद्दाको ३ करोड २६ लाख , ६८ हजार ३ सय ५को बिगो सहित मुद्दा चलाएकोमा ९६ लाख २ हजार ३ सय १४ बिगो असुल गर्न सफल भएको छ ।

अन्तरक्रिया पछि एबिसीसंग कुरा गर्दै अख्तियार बुटवलका प्रमुख तारानाथ अधिकारीले जनचेतना बढेका कारण उजुरी बढेको बताउनुभयो ।
अख्तियारको बुटवल कार्यालयले प्रदेश नम्बर ५ को नेपालगञ्जमा सम्पर्क कार्यालयको ३ जिल्ला र गण्डकी प्रदेशको नवलपुर जिल्ला सहित १३ जिल्लामा काम गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com