अमेरिकामा पहिलो नेपाली लयर खगेन्द्र जीसी मेरिल्याण्ड संसदमा सम्मानित


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

अमेरिकामा नेपालीमुलका पहिलो कानुन व्यवसायी खगेन्द्र जीसी मेरिल्याण्ड राज्यको संसदमा सम्मानित हुनुभएको छ । मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीका साँसद तथा सिनेटरहरुले आयोजना गरेको डाइभर्सिटी साँझमा उहाँलाई सम्मान गरिएको हो ।

मेरिल्याण्ड जनरल एसेम्वलीको भवन रहेको स्थानमा एएपिआई ककस समूहले आयोजना गरेको कार्यक्रममा सिनेटका स्पिकर माईक मिलर ,मेरिल्याण्डकी प्रथम महिला युमी होगान,ककस समूहकी अध्यक्ष सिनटेर सुशान ली ,डेलिगेट लगायत विभिन्न देशका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरु सहभागी भएका थिए ।

अमेरिकी नेपाली समुदायमा उहाँको योगदानको कदर गर्दे सम्मान प्रदान गरिएको हो । नेपाली मूलका साथै भारतीय, कोरियन, कम्बोडिया, चिनियाँ लगायतका विभिन्न मूलका अमेरिकीहरु सहभागी भएको कार्यक्रममा नेपाली मूलकाको पहिलो सहभागिता हो ।

एएपिआई ककस समूहका कोषाध्यक्ष तथा साँसद हयारी भण्डारीले यो कार्यक्रम नेपालीहरुलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानको लागि अर्को फडको भएको वताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिसीले मेरिल्यािण्डको जनरल एसेम्वलीले प्रदान गरेको सम्मानले आफूलाई सामाजिक क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको वताउनुभयो । कार्यक्रममा अध्यक्ष सुसान लीले विविधितामा एकता नै एएपिआईको विशेषाता भएको वताउनु भएको थयो ।

सम्मानको लागि निश्चित मापदण्ड तय गरेर चार चरणको प्रक्रिया पूरा गरी छनौट गरिएको सानो सूचीवाट सिफारिश गरी सम्मानित व्यक्तितत्वहरु अन्तिम सूची एएपिआईवाट अनुमोदन गरिएको थियो ।सम्मानको लागि सिफारिश गर्ने चरणमा समाजमा योगदान, अमेरिकामा वसाई ,सामाजिक छवि,लगायतको मापदण्ड तय गरिएको थियो ।

अमेरिका रहेका नेपालीहरुमा एक कानूनवेत्ताको रुपमा आफूलाई स्थापित गराउन सफल हुनुभएका खगेन्द्र क्षेत्री सन् १९८७ वाट उक्त पेशामा क्रियाशील हुनुहन्छ । अमेरिकन वारको सदस्यता प्राप्त गर्ने पहिलो नेपाली हुनुभएका क्षेत्रीले आफनो दक्षता र क्षमताले भ्याए सम्म नेपालको संविधान निर्माण तथा विभिन्न विधयेक निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

आफनी श्रीमति रेखा क्षेत्री तथा एक छोरा सहित न्यूजर्सीमा वसोवास गर्दे आउनुभएका क्षेत्री ले गैर आवासीय संघ अमेरिकाको अध्यक्ष,जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष लगायत विभिन्न संस्थामा वसेर नेतृत्वदायी भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । विगत वीस वर्ष देखि ईमिग्रेशन कानून लगायत विभिन्न क्षेत्रमा आफनो दक्षता प्रस्तुत गरिसक्नु भएका क्षेत्रीलाई मेरिल्याण्ड राज्यको साँसद तथा सिनेटरहरुको एएपीआई ककस समूहको तर्फवाट अवार्ड प्रदान गरिएको छ ।

आफू र आफनो परिवारको ठूलो हिस्सा समाजसेवामा क्रियाशील भएकाले सानैवाट सामाजिक गतिविधीमा संलग्न भएर समुदायको हीतको लागि आफनो समय खर्चिने गरेको वताउनुहुने क्षेत्री न्यूयोर्कमा रहेको आफनो कार्यालयवाट वचेको समय सामाजिक क्षेत्रमा लगाउँदै आउनु भएको छ ।

कार्यक्रममा डा श्याम कार्की, एनआरएनका अध्यक्ष डा केशव पौडेल र धु्रव वन्तलाई पनि अमेरिकी नेपाली समुदायमा उहाँहरुको योगदानको कदर गर्दे सम्मान प्रदान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com