२२ वर्षमा बाटो नबनेपछि संघर्ष समिति बन्यो


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित छोरेपाटनबाट विश्वशान्ति स्तुप हुँदै कुभिण्डेसम्म जाने वाटो २२ वर्षसम्म नबने पछि संघर्ष समिति गठन गरिएको छ ।

स्थानिय तुलसी प्रसाद बरालको संयोजकत्वमा गठन गरिएको संर्घष समितिले विहिबार सडक डिभिजन कार्यालय, गण्डकी, भौतिक पुर्वाधार मन्त्रालय, गण्डकीमा ज्ञापन पत्र समेत वुझाएको संघर्ष समितिका सदस्य विजयकुमार शाहीले वताए ।

आ.व. २०७३/७४ मा केन्द्रिय सरकारबाट ८ करोड १२ लाख रकममा निर्माण ठेक्का पाएका ठेकेदार शंकर मालीले शुरुमा नाला बनाउने, सडक फराकिलो वनाउने काम गरेको भएता पनि विगत एक वर्ष देखि कुनै पनि काम नभएको सदस्य शाहीले लिखित रुपमा सञ्चार माध्यममा जानकारी दिएका छन्।

उनले १५ दिन भित्रमा पनि कार्य सुचारु नभए जस्तो सुकै संघर्षका कार्यक्रम गरिने समितिले बैठक वसेर निर्णय गरिने जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com