लोक गीतमा अनमोल र सुहानाको ठुम्का


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

फिल्म ‘ए मेरो हजुर ३’को ‘पराना’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा अनमोल केसी र सहाना थापाले ठुम्का लगाएका छन् ।

आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत तथा संगीत समायोजन रहेको छ । यो गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ ।

अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहानाले आफ्नै होम प्रोडक्सनबाट निर्माण गरेको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।

भिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।

गीतको भिडियो हेर्नुस् :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com