बलिउड अभिनेता सलमान खानले चुनावमा नलड्ने घोषणा गरेका छन् । केहि मिडियामा सलमान लोकसभा चुनाव लड्दैछन् भन्ने खबर फैलिएको थियो । कांगे्रसको टिकटमा उनले चुनाव लड्ने राजनीतिक दलमा चर्चा भइरहेको छ ।
नले यसलाई खण्डन गर्दै ट्विट गरेका छन्, ‘नत म चुनावमा लड्दैछु । नत कुनै राजनीतिक पार्टीको लागि प्रचार गर्छु ।’ सलमान खानले चुनावमा नलड्ने घोषणा गरेपछि इन्दौरबाट कांग्रेसले चुनाव लड्ने कुरामा फैलाउन छोडेका छन् ।
सलमानको इन्दौरसँग विशेष सम्बन्ध रहेको छ । उनले आफ्नो बालापन यही बिताएका थिए । इन्दौरमा सलमानको क्रेज उच्च रहेको छ । चुनाव लड्ने खबर फैलिएपछि त्यहाँको मानिसहरुले सलमानले जित्छ भन्ने अनुमान लगाएका थिए । /एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।