वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत हुने


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

बहुप्रतीक्षित मोतिहारी( अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’ याे समाचार उपेन्द्र यादवले नागरिकमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com