एसाइलम सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने नीति एल पासोमा बिस्तार


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

ट्रम्प प्रशासनले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति बिस्तार गरेको छ । अब एल पासो पोर्ट अफ इन्ट्रीमा एसाइलम दावी गर्नेहरुलाई पनि मेक्सिको फिर्ता पठाइनेछ ।

यसअगाडि यो नीतिको सुरुवात क्यालिफोर्नियाको शान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट लागु गर्न सुरु गरिएको थियो । यो पोर्ट अफ इन्ट्रीबाट अहिलेसम्म २४० जना भन्दा धेरैलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइसकिएको छ । जसमध्ये तीनजना अदालती सुनुवाईका लागि अमेरिका आइसकेका छन् ।

सान फ्रान्सिस्कोको संघीय अदालतले उक्त नीतिबिरुद्ध परेको मुद्दाको सुनुवाई शुक्रबार गर्ने भएको छ । त्यसको ठीक अगाडि ट्रम्प प्रशासनले यो नीति कार्यान्वयनमा क्षेत्र विस्तार गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com