तराईका जिल्लामा आज धुमधामका साथ होली पर्व मनाईँदै


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

तराईका जिल्लामा बिहीबार धुमधामका साथ होली पर्व मनाईँदै छ । बुधबार पहाडी क्षेत्रमा देखिएको रंगहरुको उत्सव बिहीबार तराई मा देखिएको छ ।

पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ । यस्तै जनकपुरमा भने शुक्रबार होली मनाईने छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा मिथिला माध्यमिकी परिक्रमा गर्नेहरु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट होली मनाउने परम्परा छ ।

बुधबार सकिएको माध्यमिकी परिक्रमाका श्रद्धालु बिहीबार अन्तरगृह प्रवेश गर्दै छन् । होलीका अवसरमा तराईका जिल्लामा बिहीबार बिदा छ । प्रदेश नम्बर दुई सरकारले भने शुक्रबारका लागि पनि बिदा दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com