ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् । याे समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण बिदाइ गरेका थिए ।

सिरियाबाट न्यूजील्याण्ड पुगेका ४४ वर्षीय खालिद मुस्ताफा र उनका १५ वर्षीय छोरा हम्जा आक्रमणमा मारिएका हुन् । मस्जिदमा शुक्रबारको प्राथनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको गोली लागि मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com