जिजु हजुर आमाले लगेको पुस्तक पनातिले दिए  फिर्ता


प्रकाशित मिति : माघ १, २०७३ शनिबार

-विजय थापा 
 
अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा रहेको एक पुस्तकालयले आफ्नो पुस्तक १ सय बर्ष पछि फिर्ता पाएको छ l म्याद गुज्रिएर र जरिवाना माथि जरिवाना लाग्ने उक्त पुस्तक प्राप्त गर्दा पुस्तकालयले विना दण्ड पुस्तक फिर्ता लिएको छ l 
 
सन फ्रान्सिस्को को फेयर फिल्ड का निवासी वेब जोन्सनले गत जनवरी १३ तारिख बुझाएका थिए l उनकि जिजू हजुरआमा (हजुर आमा कि पनि आमा )ले सन् १९१७ मा लिएकी थिइन् l पुस्तक लाने जिजू हजुरआमा को पहले नै मृत्यु भएको छ l 
 
लेखक एफ हप्किन्सन स्मिथ द्वारा १९०९ मा प्रकाशित फोर्टी मिनेट्स लेट नामक उक्त पुस्तक जोन्सनले बाफले चल्ने जहाजको खम्बामा पाएका थिए l  पनाति वेब जोन्सनले उक्त पुस्तक फिर्ता गर्दा पुस्तकालयले लिन्छ कि लिदैन भन्ने दुबिधामा परेका बेलामा जरिवाना माफ कार्यक्रम आगामी फेब्रुअरी १४ सम्मको लागि संचालनमा ल्याएकोले पनातिले उक्त पुस्तक बुझाएको एसएफगेट डट कम मा समाचार छ l पुस्तकालयक प्रमुख लुइस हेरेराले प्रसंन्न हुँदै उक्त किताब बुझेका थिए l
 
हाल २०१७ मा जरिवाना शुल्क १० सेन्ट लाग्ने नियम रहेकोले यदि त्यो सय बर्ष अगाडिको पुस्तकलाइ जरिवाना लगाउने हो भने कुल ३ हजार ६ सय ५० डलर पर्ने थियो l अहिलेको पुस्तकालयको एमनेस्टी कार्यक्रम अन्तर्गत बिलम्ब भएको कारण ५ डलर रहेको छ भने त्यस्मा कुनै दण्ड लिइएको छैन l 
 
 
एपी /तस्बिर श्रोत : सानटियगो मेजिया ,दि क्रोनिकल 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com