चितवनमा ट्रक दुर्घटना एकजनाको मृत्यु, ४ जना घाइते
प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

चितवनमा ट्रक खोलामा खस्दा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एकजनाको ज्यान गएको हो ।
ज्यान गुमाएका पुरुषको पहिचान नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते २ महिला र २ पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।