टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न संयोजक भट्टराईको आग्रह


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताउनुभयो ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरुलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ ।

आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै उहाँले लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो । ऐन कानूनको तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त भएको उल्लेख गर्दै संयोजक डा भट्टराईले यसै महीना हुने लगानी सम्मेलनलाई विगतको झैँ औपचारिकतामा मात्र सीमित गर्न नहुने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com