राजधानीमा बनाएको २० करोडको पुलमा गाडी चल्न सकेन


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन ।

२० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लठ्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरित ५ एमएम कम रेडियस भएको लठ्ठा हालेको भेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com