(नेकपा)का अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै
प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै हुनुहुन्छ ।

पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी आज बेलुका अमेरिका जान लागेका हुन् । सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौं, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो । प्रचण्डसँग छोरी र ज्वाइँ पनि अमेरिका जान लागेको स्रोतले जानकारी दिएको छ ।