पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्षमा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।
उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पोखरा १८ सेदीबगर नजिकै शनिबार बिहान साढे १० बजे उनी तालमा डुबेका थिए ।
तालका कसरी डुबे भन्ने बारेमा अनुसन्धान भैरहेको भए पनि प्रारम्भिक अनुसन्धानबाट उनले तालमा हामफालेको अनुमान प्रहरीले गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।