अमेरिकामा अन्तर्राष्ट्रिय गल्फ खेल्दै पहिलो नेपाली महिला खेलाडी १९ बर्षकी प्रतिमा


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

१९ बर्षकी नेपाली खेलाडी प्रतिमा शेर्पा अमेरिकामा १ लाख २५ हजार पुरस्कार राशी भएको प्रोफेशनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन् । मार्चको अन्तिम साता लेडिज प्रोफेशनल गल्फ एसोसिएसनले आयोजना गर्ने सिमेट्रा टुरमा शेर्पाले सहभागिता जनाउनेछिन् ।

पेशागत रुपमा गल्फ खेल्ने नेपालको पहिलो महिला खेलाडीका रुपमा परिचय स्थापित गरिरहेकी शेर्पाले मार्च २९ देखि ३१ सम्म क्यालिफोर्नियामा हुने प्रतियोगितामा खेल्नेछिन् । गरिब परिवारमा जन्मेर आफ्नो परिचय नेपालको राष्ट्रिय गल्फ खेलाडीका रुपमा बन्ने कहिले कल्पना नगरेको र अहिले आफू गल्फकै कारण अमेरिकामा रहेको उनले बताएकी छिन् ।

लेडिज प्रोफेशनल गल्फ एसोसिएसनले सिमेट्रा टुरसँगै प्रतियोगिता खेल्नका लागि आफूलाई निम्ता दिएकोमा उनले खुशी व्यक्त गरेकी छिन् । साथै यो आफ्नो जीवनको सबैभन्दा ठूलो अवशर भएको बताएकी छिन् ।

शेर्पा गत जनवरीमा क्यालिफोर्नियाको एउटा अमेरिकी परिवारसँगै बस्नका लागि अमेरिका आएकी हुन् । उनी हाल शान्ता बारबरा सिटी कलेजमा अध्ययनरत छिन् भने गल्फ टिमसँगै अभ्यास गरिरहेकी छिन् ।

यसभन्दा अगाडि सन् २०१७ को समरमा पनि उनी उक्त अमेरिकन परिवारसँगै बस्नका लागि क्यालिफोर्निया आएकी थिइन् । आफूले सधै लेडिज प्रोफेशनल गल्फ एसोसिएसनको प्रतियोगिता खेल्ने सपना देखेको बताउने उनको सपना अव पूरा हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com