नेपाली जेल सुधार अभियानकर्ता ईन्दिरा रानामगर अमेरिकामा विश्वका कन्लुलेटबाट सम्मानित


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

नेपाली समाजिक अभियन्ता इन्दिरा रानामगर अमेरिकामा विश्वभरका कन्सुलेटबाट सम्मानित हुनुभएको छ । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्युयोर्कमा स्थापित कन्सुलेटहरुको संगठन सोसाईटी अफ फरेन कनुल्स न्यू योर्कबाट अन्तर्राष्ट्रिय नारी दिवस २०१९ को अवसरमा उहाँलाई सम्मान गरिएको हो ।

नेपालकी चर्चित सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष ईन्दिरा रानामगरलाई उहाँले गर्नुभएको सामाजिक योगदानका लागि सम्मानित गरिएको छ । जेल सुधार अभियानकर्ता इन्दिरा राना मगरले विगत २८  वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आउनुभएको छ ।

रानामगरले  बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आउनुभएको छ । प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखिनै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति हेरचाह केन्द्र सन्चालन गर्दै आएकोछ।

उहाँको संस्थाले नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएकोछ।

सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध वर्ड चिल्ड्रन अनरेरी अवार्ड प्रदान गरिएको थियो भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको रूपमा चुनेको थियो।

सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनबाट अशोका फेलो सम्मान प्राप्त गर्नुभएकी रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा पावर गडेश २००६ सम्मानित हुनुभएको थियो । सन् २००९ मा एशिया सोसाईटीद्वारा एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com