नेपालको टीपीएसबारे मार्चभित्रै विशेष मागनिर्देशनको तयारीमा अमेरिकी सरकार


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

नेपाल र होण्डुरसको टीपीएस अस्थायी रुपमा कायम राख्न अमेरिकी सरकार सहमत भएपछि टीपीएसवाहकले कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा अन्यौलता उत्पन्न भएको छ । टीपीएस कायम राख्न दिइएको मुद्दा विचाराधिन रहेको अवस्थाभर नेपाल र होण्डुरसको टीपीएस समाप्त नगर्ने विषयमा अमेरिकी सरकार सहमत भएको थियो ।

नेपाल र होण्डुरसको टीपीएस र वर्क परमिट अद्यावधिक राख्नका लागि अमेरिकी सरकारले १५ दिनभित्र मार्गनिर्देशनसहितको योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कम्तीमा अब नेपालको टीपीएस आगामी जुन २४ मा भने समाप्त नहुने भएको छ । तर वर्क परमिट अद्यावधिक राख्न र टीपीएस कायम गर्ने टीपीएसवाहकले कस्तो कदम चाल्ने भन्ने बिषयमा सरकारले केहीदिनमा सुचना प्रकाशित गर्नेछ ।

सरकारको आधिकारिक मार्गनिर्देशन, आवेदनको डेडलाइन र अवस्था, वर्क परमिट थप्ने मिति र तरिका लगायतका विषयमा अमेरिकी सरकारले फेडरल रजिस्टरमा अप्रिलभरीमा नै आधिकारिक सुचना जारी गर्ने अपेक्षा गरिएको छ । सामान्यता टीपीएसको अवधि समाप्त हुनुभन्दा ४५ दिन अगाडि नै यस्तो सुचना फेडरल रजिस्टरमा प्रकाशन गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com