पोखरामा बन्दको कारण जनजीवन प्रभावित


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ समूहले गरेको बन्दको कारण पोखरेली बासीको जनजीवन प्रभावित बनेको छ ।

निजी तथा अतिआवश्यक सवारी साधन निर्वाध रुपमा चलेतापनि ठूला तथा साना कुनैपनि सार्वजनिक सवारी साधन नचल्दा पोखरामा आंशिक प्रभाव परेको हो । बन्दका कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् ।

बिहीबार बिहानै पोखराका २ ठाउँमा विष्फोटक पदार्थ भेटिएपछि पोखरेली त्रसित बनेका छन् । पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो । यद्यपि ती दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं लगायतका बाहिरी जिल्ला जाने टुरिस्ट बसलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको छ ।

कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् । बिहीबार बिहानै पोखराका २ ठाउँमा विष्फोटक पदार्थ भेटिएपछि पोखरेली त्रसित बनेका छन् । पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो ।

यद्यपि ती दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं लगायतका बाहिरी जिल्ला जाने टुरिस्ट बसलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com