प्रतिबन्ध राष्ट्र बेचेर खाने मन्त्री र मतियारलाई लगाइनेछ :विप्लव


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहले कडा शब्दमा प्रतिरोध गरेको छ ।

सरकारको प्रतिबन्धपछि एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले प्रतिबन्ध आफूहरूलाई नभएर राष्ट्र बेचेर खाने, विदेशको दलाली गर्ने, भ्रष्ट, तस्करहरूसँग मिलेर जनताविरुद्ध जघन्य अपराध गर्ने अपराधी, राज्यका मन्त्री र उनीहरूका मतियारहरुलाई प्रतिबन्ध लगाउने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले पनि अपराधीक षड्यन्त्र गरिरहेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ । यसप्रति सबै देश भक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकार, प्रहरी र सेनाले समेत ध्यान दिन आग्रह गरेको छ । विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको समेत बताएकाे छ ।

जारी विज्ञप्तिमा भनिएकाे छ, ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरुण तेस्रो र एनसेललाई आफूहरूले कारबाही मात्रै गरेको पनि विज्ञाप्तीमा जनाइएको छ । अरुण तेस्रो राष्ट्रघाति सम्झैता गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले अबाैँ कमिसन खाएको गम्भीर आरोप समेत विज्ञाप्तीमा मार्फत लगाइएकाे छ। संविधान अस्वीकार गरेदेखि नै सरकारले आफूलाई अघोषित रूपमा प्रतिबन्ध लगाएको विज्ञाप्तीमा उल्लेख छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com