ओबामा आफ्नो अन्तिम भाषणमा रोए र छोरीलाई पनि रुवाए


प्रकाशित मिति : पुस २७, २०७३ बुधबार

– विजय थापा 

अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तिम भाषण गर्ने क्रममा सिकागोमा भावुक मात्र भएनन् उनि रोए। र उनि रुमाल ले आँसु पुछे भने आफ्नो अगाडी बसेकी छोरीले पनि मन थाम्न सकिनन् र उनि पनि रोईन ।

प्रथम महिला मिसल ओबामा निकै भावुक बनिन। मिसल ओबामा कै छेउमा बसेका राष्ट्रपति जो बाईडन लाई प्रसंसा मात्र गरेनन आफुले दाजु पाएको भने। ओबामाले मिसल मेरो पत्नी मात्र हैन ,छोरीकि आमा मात्र पनि हैन मेरो एक असल साथी हो भन्दा कर्तल ध्वनि वरपर बाट गुन्जयमान भएको थियो ।

उनले मन्तब्य क्रम मा हाम्रा संस्थापकले हामीलाई बृहत उपहार दिएको छ भने। हाम्रो विकास उचनिच भएको भन्दै ईरानको आणविक हतियार बन्द गर्न सफल भएको भन्दै सेप्टेम्बर ११ का योजनाकारलाई समेत हटाएको स्मरण गराए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले हामी राष्ट्रपति भए पछि अमेरिका अझ राम्रो र शक्तिशाली भएको मन्तब्यको क्रममा राखे। र अब केवल १० दिन मात्र आफ्नो कार्यकाल रहेकोले १० दिन भित्रमा बिश्वले अब हाम्रो प्रजातन्त्रको प्रमाण चिन्ह परिवर्तनको साक्षी हुने बताए। १० दिन भित्र हामी शान्तिपूर्ण रुपले हामी हाम्रो शक्ति हस्तान्तरण गर्ने जताए। र उनले जर्ज बुसले पनि यसरी नै गरेको स्मरण गराए ।

मन्तब्य कै क्रममा उनले राजनीति भनेको ज्ञान को युद्ध हो भने। उनले अहिले सम्म गरेको धरै भाषण मध्ये कै सर्बोकृष्ट भाषण भएको टिका टिप्पणी सामाजिक संजालमा प्रतिक्रिया आई रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com