जात्रै जात्रामा अतिथि, करिश्मा


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

फिल्म जात्रै जात्रा मा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ ।

साथमा, फिल्मका अर्का कलाकार रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म जात्रै जात्रा को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । छायाँकन शिवराम श्रेष्ठको छायांकन छ । फिल्मको अहिलेसम्म प्रदर्शन मिति भने तय गरिएको छैन । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।

यो फिल्म ‘जात्रा’को सिक्वेल हो । नायिका करिश्मा मानन्धरको अगाडि केही डर लागेको नायिका बर्षा राउतले बताइन् । यस्तै, नायिका करिश्मा मानन्धरले गीत मनपरेको र फिल्मको एउटा सदस्य बन्न पाउँदा खुशी लागेकाले आफूले यो गीतमा काम गरेको बताइन् । फिल्म ‘जात्रै जात्रा’को लोक गीत छायांकन गरिएको छ । गीतमा फिल्मका नायक विपिन कार्की र नायिका वर्षा राउतसँगै सदाबहार नायिका करिश्मा मानन्धर, निश्चल बस्नेत र सारा शिर्पाइलीको पनि नृत्य रहेको छ ।

बैवाहिक माहोलको गीतमा करिश्मा, निश्चल र साराको नृत्य मात्र रहेको छ । यो फिल्मसँग जोडिन पाउँदा करिश्मा मानन्धरले खुशी व्यक्त गरिन् । उनले भनिन, ‘यो फिल्म कहिले प्रर्दशन हुन्छ भन्ने पर्खाइमा थिएँ । फिल्मको गीतमा आफुलाई पनि देख्न पाउने भएपछि झ्न उत्साहित भएको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निश्चल बस्नेतले जात्रा फिल्म निकै मन परेको बताउँदै भने, ‘जात्राको मेकिङ्ग गर्दा जोडिने मौका पाएको थिएँ । मेकिङ्गको समयमै फिल्म राम्रो बनेको छ भन्ने लागेको थियो । यसको सिक्वेलमा जोडिन् पाउँदा निकै खुशि छु । साराले पनि यो फिल्मसँग जोडिन् पाउँदा खुशि व्यक्त गरिन् ।

फिल्मकी नायिका वर्षा राउतले करिश्मा मानन्धरसँग स्क्रिन सेयर गर्दा छायाँमा पर्न सक्ने डर आफुमा रहेको बताइन् । उनले भनिन्, ‘सदाबहार नायिकासँग स्क्रिन सेयर गर्दैछु । छायाँमा पर्छु भन्ने डर त छ तर केहि फरक गरेको छैन । जस्तो हुन्छ त्यस्तै नृत्य गरेको छु । करिश्मा दिदीलाई चुनौती दिनै सकिदैंन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com