अमेरिकामा एसाइलम खोज्ने २४० जनालाई मेक्सिको फिर्ता


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

अमेरिकामा एसाइलम खोज्ने २४० जनालाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको छ । ट्रम्प प्रशासनको माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल लागु भएयता २४० जनालाई मेक्सिको फिर्ता पठाइएको जनाइएको छ ।

क्यालिफोर्नियाको शान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई अमेरिकी सरकारले अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउन थालेको हो । आगामी साताहरुमा अन्य पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेहरुलाई पनि मेक्सिको पठाउन थालिने जनाइएको छ ।

शन यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्नेको सुरुमा बायोग्राफिकल सुचनाहरु लिइन्छ । त्यसपछि आवेदकको अन्तरवार्ता लिइन्छ । आधारभूत स्वास्थ्य परिक्षण लगायतका प्रकृया पूरा गरिसकेपछि अदालती सुनुवाईसम्म मेक्सिकोमा कुर्न सक्ने वा नसक्ने विषयको निर्धारण गरिन्छ । यदि आवेदकले कुर्न सक्ने अवस्था भएमा मेक्सिको फिर्ता पठाउने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योग्य एसाइलम आवेदकलाई अदालतमा उपस्थीत हुने मिति र स्थानबारे जानकारी दिइन्छ । साथै सस्तोमा वा निशुल्क कानुनी सहायताका उपायहरुबारे पनि अँग्रेजी र स्पेनिस भाषामा जानकारी दिइन्छ ।

आप्रवासीहरुले अमेरिकाको अध्यागमन प्रणालीमा खेल खेलेको र अदालतको सुनुवाई मितिमा उपस्थीत नभएर बेपत्ता हुने गरेको भन्दै अमेरिकी सरकारले मेक्सिको फिर्ता पठाउने नीति लागु गरेको हो । तर डिपार्टमेन्ट अफ जस्टिसको तथ्यांक अनुशार सन् २०१७ मा ८९ प्रतिशत एसाइलम आवेदकहरु सुनुवाईको मितिमा उपस्थीत हुने भएका थिए । आर्थिक बर्ष सन् २०१८ मा ९३ हजारले अमेरिकामा एसाइलम दावी गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com