टीपीएस वाहकसहित २० लाखलाई ग्रिनकार्ड दिने विधयेक सदनमा, पारित भए १० हजार नेपाली लाभान्वित


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

अमेरिकी प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले मंगलबार सदनमा बृहत अध्यागमन प्रस्ताव पेश पेश गरेका छन् ।  यो प्रस्ताव पारित भएमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनसहित निकट भविश्यमा नै देशनिकालाको सामना गरिरहेका अस्थायी वर्क परमिट हुने २० लाख भन्दा धेरै आप्रवासीहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिन पाउनेछन् ।

ड्रिम एण्ड प्रमिस एक्ट नाम दिइएको उक्त विधयेक डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको झण्डै दुईमहिनापछि सदनमा ल्याइएको हो । ह्वाइट हाउसले अर्बौ डलर सिमानामा पर्खाल र सिमा सुरक्षाका लागि बजेट प्रस्ताव घोषणा गरेको एकदिनपछि यस्तो प्रस्ताव सदनमा ल्याइएको हो ।

नयाँ विधयेकले बाल्यकालमा अमेरिका आएका डाकाले समेटेका आप्रवासीहरुलाई अमेरिकी ग्रिनकार्ड आवेदन दिनका लागि र अमेरिकी नागरिकताको बाटोमा लैजानका लागि मार्ग प्रसस्त गर्नेछ । त्यस्तै टीपीएस वाहक लगायत अस्थायी रुपमा वर्क परमिट प्राप्त गरिरहेकाहरुलाई पनि देशनिकाला हुनबाट जोगाउनेछ । विधयेकको मुख्य स्पोन्सर न्युयोर्कका डेमोक्रेटिक सांसदहरु यिभेट क्लार्क र नादिया भेलाजक्वेट रहेका छन् ।

डेमोक्रेटिक सांसद लुसिल रोयबल अलार्डले यो आफूहरुको ठूलो सरोकारको विषय रहेको बताएका छन् । यो विधयेक हाउसबाट पारित भएपनि सिनेटमा भने मुख्य अवरोध सृजना हुनसक्ने जनाइएको छ । किनभने सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । यद्यपी सानो संख्यामा मात्र पनि रिपब्लिकनलाई सहमत गराउन सकेमा भने विधयेक पारित हुनसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विधयेक पारित भएमा कति आप्रवासीहरु लाभान्वित हुन्छन् भन्नेबारे केही स्पष्ट छैन । तर पनि २१ लाख आप्रवासीहरु लाभान्वित हुने अनुमान गरिएको छ । विधयेकले एल साल्भाडोर, नेपाल, हैटी, होण्डुरस, सोमालिया र अरु देशका टीपीएस होल्डरलाई समेत समेट्नेछ ।

विधयेकमा ड्रिमरहरुका लागि १० बर्षको शर्तसहितको ग्रीनकार्ड आवेदन दिन पाउने प्रावधान राखिएको छ । उनीहरुले दुईबर्षको पढाई पूरा गरेमा, तीनबर्ष काम गरेमा वा शैन्य सेवा गरेमा शर्तविनाको ग्रिनकार्ड आवेदन दिनसक्ने लगायतका प्रावधान रहेका छन् ।

कुनै अपराध गरेको व्यक्तिले भने ग्रिनकार्डका लागि आवेदन दिन पाउनेछैन । खासगरी एकबर्षभन्दा धेरै सजाय हुने अपराधमा दोषी ठहर भएको वा ९० दिनभन्दा धेरै जेल सजाय हुने तीन वा धेरै अपराधमा दोषी व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिन पाउनेछैनन् ।

त्यस्तै टीपीएसमा रहनेहरुले तत्काल ग्रिनकार्डका लागि आवेदन दिनसक्नेछन् । तर त्यसका लागि उनीहरु कम्तीमा तीनबर्षदेखि अमेरिकामा रहेको हुनुपर्नेछ । उनीहरुको पनि अपराधको पृष्ठभूमि हुनुहुने छैन । दुबै प्रकारका आप्रवासीले ५ बर्ष ग्रिनकार्डको अवधि पूरा गरेपछि नागरिकताका लागि आवेदन दिन सक्नेछन् ।

यो विधयेक पारित भएमा टीपीएसले समेटेका झण्डै ९ हजार नेपालीहरुसहित डाकाले समेटेका गरी झण्डै १० हजार नेपाली लाभान्वित हुनसक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com