भारतिय बिधायकले नेपालिलाई चौकिदार भन्दै गरिन अपमान


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

भारतको आम आदमी पार्टीकी बिधायक अल्का लाम्बाले नेपालीलाई अपमानित गरेकि छिन।अपमानित  गर्दै ट्वीट गरेपछि आज बिहानैदेखि उनको आलोचना भैरहेको छ । यही बीचमा उनले अर्को ट्वीट गरेकी छिन् । उनले नयाँ ट्वीटमा आफ्नो आलोचना गर्नेलाई ‘नक्कली नेपाली’ भनेकी छिन् ।

नयाँ ट्वीटमा उनल लेखेकी छिन् – ‘हाम्रो देशको प्रधानमन्त्रीले जबदेखि आफूलाई चौकीदार भन्न थाले त्यसपछि नेपालीहरुलाई चौकीदार शब्द गाली लाग्न थालेको छ । जबकि चौकीदार शब्दमा एउटा विश्वास भरोसा लुकेको छ । त्यसै कसैले आफ्नो सबथोक कसैलाई सुम्पेर चैनले निदाउँछ । नक्कली नेपाली मात्र भक्तजस्तो भाषा बोल्न सक्छन् । चिन्ता छैन ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनले ट्वीटरमा लेख्दा नेपालीलाई अपमान गरेकी थीइन् । पहिले उनले आफ्नो ट्वीटमा लेखेकी थीइन् – प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com