अमिताभको ‘बदला’ बक्स अफिसमा कमाल


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

अमिताभ बच्चन र तापसी पन्नू स्टारर फिल्म ‘बदला’ शुक्रबार देखि रिलिज भएको छ । फिल्मले पहिलो दिन सामान्य व्यापार गरेपनि दोस्रो दिन राम्रो व्यापार गर्न सफल भएको छ ।

ट्रेन्ड एनालिस्ट तरण आर्दशका अनुसार फिल्मले भारतमा ५ करोड ४ लाख कलेक्सन गरेको छ । फिल्मले दोस्रो दिन ८ करोड ५५ लाख कलेक्सन गरेको छ । फिल्मले दुई दिनमा जम्मा १३ करोड ५९ लाख जम्मा गरेको छ ।

अमिताभ र तपसी ‘पिंक’ फिल्ममा एक साथ देखिएका थिए । उनीहरुको पिंकले पहिलो दिनमा ४ करोड ३२ लाख कलेक्सन गरेको थियो । पिंकको रेर्कड बदलाले बे्रक गरेको छ ।

फिल्म बदलामा अभिताभले दुई गीतमा आवाज दिएका छन् । जसमा ‘औकातको बदल्दे’ कविता सामेल गरिएको छ । जुन कविता उनको बुबा हरिवंश राय बच्चनले लेखेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com