कागजपत्रविहिनलाई सघाउने अधिकारकर्मी र पत्रकार अमेरिकी सरकारको निशानामा, गोप्य दस्तावेज


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

कागजपत्रविहिनलाई सघाउने अधिकारकर्मी र उनीहरुको बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरु अमेरिकी सरकारकाले निशानामा रहेको गोप्य दस्तावेज सार्वजनिक भएको छ । यसरी निशानामा राखिएकाहरुमा कम्तीमा ४८ जना अधिकारकर्मी, पत्रकारहरु र कानुन व्यवसायीहरु रहेका छन् ।

एनबीसी सेभेनले प्राप्त गरेको गोप्य कागजात अनुशार अमेरिकी सरकारको डाटाबेसमा उनीहरुमा पासपोर्टमा अलर्ट राखिएको छ । जब उनीहरु सिमाक्षेत्रबाट अमेरिका वा मेक्सिको प्रवेश गर्छन्, त्यतीबेला उनीहरुमाथि अवरोध सृजना समेत गरिएको छ ।

खासगरी सिमाक्षेत्रमा भइरहेका गतिविधिको कभरेज गर्ने पत्रकारहरु र कागजपत्रविहिनलाई सघाउने अधिकारकर्मी तथा कानुन व्यवसायीहरुलाई सरकारले निशानामा राखेको हो । एकजना फोटोपत्रकारलाई तीनपटक अतिरिक्त छानविनमा लगिएको थियो भने एकजना फोटोपत्रकारलाई मेक्सिकन अधिकारीहरुले १३ घण्टासम्म नियन्त्रणमा लिएका थिए । पछि उनलाई मेक्सिको छिर्न दिइएन ।

एनबीसी ७ ले त्यस्तो सुची अमेरिकी सरकारका अधिकारीबाट गोप्यरुपमा प्राप्त गरेको दावी गरेको छ । उक्त सुचीमा ४८ जनाको नाम रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com