गोविन्दाको ‘कुल्ली नम्बर १’ को रिमेक बन्दै , बरुण र साराको जोडी बाधिदै


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

बलिउड नायक गोविन्दा स्टारर सुपरहिट बलिउड चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा बरुण धवन र साराअली खानको जोडी बाधिँने पक्का भएको छ । निर्माण युनिट र सारा बीच चलचित्रको लागि औपचारिक सम्झौता पनि भैसकेको छ

‘कुल्ली नम्बर १’ निर्देशक डेबिड धवनले नै निर्देशन गर्ने रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । गोविन्द स्टारर ‘कुल्ली नम्बर १’ गीत, डाइलग र मसलेदार चलचित्र भएका कारण सबैले रुचाएका थिए ।

यो चलचित्रका लागि नायिका आलिया भट्टलाई अफर गरिएको थियो । तर, आन्तरिक कुराहरु नमिल्दा आलियाले यो चलचित्रमा काम गर्न पाइनन् । आलियासँग कुरा नमिलेपछि निर्माण युनिटले सारालाई अफर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बरुण र साराको जोडी बाधिँने पक्का भएसँगै बलिउडमा यो जोडीको चर्चा सुरु भएको छ । नयाँ पुस्तामा आफ्नो छुट्टै छाप बनाइसकेका बरुण र ‘सिम्बा’बाट निकै चर्चामा आएकी सारालाई एक साथ पर्दामा देख्न पाउने कुराले दर्शकमाझ पनि खुसी थपेको छ ।

अहिले बरुण चलचित्र ‘कंलक’को प्रचार र ‘स्ट्रिड डान्सर ३’को छायांकनमा व्यस्त छन् भने सारा ‘लभ आजकल २’को छायांकनमा व्यस्त छन् ।

बलिउड मिडियाका अनुसार ‘कुल्ली नम्बर १’को छायांकन बरुण र साराले हाल काम गरिरहेको चलचित्रको छायांकन सकाएपछि सुरु गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com