डिप्रेसनबाट बच्ने उपाय


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

मन कमजोर हुने अवस्थालाई डिप्रेसन भनिन्छ । मानसिकरोगका २ प्रकार– कडाखालको मानसिकरोग र सामान्यखालको मानसिकरोगमध्ये डिप्रेसनलाई सामान्यखाले मानसिकरोगमा लिइन्छ । डिप्रेसनपश्चात् मानिसको अधिकांश समय मनमा खिन्नता हुने गर्छ । मानिसलाई यतिवेला उदास तथा दिक्क लागेको अनुभव हुने गर्छ । व्यक्तिमा निहित आत्मबल कमजोर हुनु, खुसीको अनुभव नै नहुनु नै डिप्रेसन हो । यो बढ्दै जाँदा मानिसको मनमा नकारात्मक सोचाइ क्रमशः बढ्दै जान्छ । मानिसले डिप्रेसनको अवस्थामा ‘जीवन नै व्यर्थ हो, बाँचेर केही फाइदा छैन’ जस्ता नकारात्मक कुरा सोच्न थाल्छ । यसबाट आत्महत्याको चाहना प्रबल हुँदै जान्छ ।

डिप्रेसनका कारण

– वंशानुगत

– शारीरिक अस्वस्थता, अपांगता वा अन्य

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– मनोवैज्ञानिक कारण

– कतिपय सामाजिक मूल्य

–मान्यता तथा अभ्यास

– आर्थिक अभाव

– सम्बन्ध टुट्नु

– बेरोजगारी

– अशिक्षा

– बलात्कार तथा अन्य आपराधिक घटना

– विभिन्न प्रकारका दबाब

– घरेलु हिंसा

– आतंकजन्य क्रियाकलाप मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने सबै कुरा डिप्रेसनको कारण बन्न सक्छन् ।

डिप्रेसनको सुरुवाती लक्षण भनेको पहिलेजस्तो खुसी नहुनु हो । विषयलाई सही रूपमा बुझ्न नसक्दा सामान्यखाले कुराप्रतिको असन्तुष्टिबाट बिस्तारै खसी गुम्दै जाँदा मानिस कालान्तरमा डिप्रेसनको सिकार बन्न सक्छ । लक्षण मानिसको सामान्य काममा बाधा आउनु नै डिप्रेसनको प्रमुख लक्षण हो । विद्यार्थी हो भने उसको पढाइमा ध्यान जाँदैन, काम गरिरहेको मान्छेको काममा ध्यान जाँदैन ।

सामान्यतया डिप्रेसनका बिरामीमा निम्न लक्षण पाइने गरेको छ–

– मनमा नकारात्मक सोचाइ बढी आउनु ।

– काममा मन नजानु ।

– एक्लै बस्न मन लाग्नु ।

– खाना खान मन नलाग्नु ।

– निद्रा नलाग्नु ।

– आत्महत्या गर्न मन लाग्नु ।

– नसालु पदार्थको सेवनमा लिप्तता बढ्नु ।

डिप्रेसनबाट बच्ने उपाय
अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।

– दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।

– लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।

– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।

– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

– मनोरोगलाई भयानक रूपमालिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com