दया, गौरव र मेनुकाको ‘साइँली’ट्रेलर यस्तो छ


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।रामबाबु गुरुङ लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ । फिल्म चैत १५ गते रिलिज हुँदैछ । ट्रेलर हेर्नुस् :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com