इथियोपियन विमान दुर्घटना: संयोगले बाँचे पत्रकार जितेन्द्र जीसी


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली गोरखाकी एकता अधिकारी भएको पुष्टी भएको छ ।इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।

सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष तथा पत्रकार जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका छन्। उक्त कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार जहाज चढेके भए उनी पनि त्यही जहाजमा हुने थिए ।

उनले आफू नेपाल मै रहेको र ठीक रहेको बताएका छन् । ‘कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो। म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिए। जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे।’ जीसीले भने । गत बर्ष उनी काठमाडौँमा भएको मोटरसाइकल दुर्घटनामा परेर संयोगले जोगिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com