नेपालका पाँच तारे होटलमा एकरात बसेको कति लाग्छ ?


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

धेरैलाइ चासो हुन सक्छ नेपालको पाँच तारे होटलमा एकरातको कति रकम तिर्नुपर्छ ? तर तपाइ हामीले सोचे जस्तो महंगो भने छैन। नेपालको पछिल्लो समय पाँच तारे होटल क्रम समेत बढेको छ ।हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द रहेको छ । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटलमै हुने गरेको छ । पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटलमा बढी गर्ने गरेका छन् । सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सवैमा हुने गरेको छ ।

पाँच तारे होटल जस्तै बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त रहेका छन् । यी हुन सुविधासम्पन्न पाँच तारे होटल :नेपालमा सवैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको काली माटीमा रहेको छ । नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधाहरु रहेका छन् ।धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन । तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपै याँ तिर्ने हो भने बस्न सकिन्छ । सवैभन्दा सस्तो रुम १३ हजा ३ सय ४५ बाट सुरु हुने उक्त होटलमा ५० हजार पर्ने रुमसमेत रहेको छ ।

काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो । सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सवै प्रकारका सुविधाहरु पाउन सकिन्छ । साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ ।काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो । सवै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्दछ ।होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन् ।लाजिम्पाट स्थित ¥याडिसन चेन होटल हो । सवै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ ।

हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ । नेपालकने लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो ।दरबार मार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो । सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो ।सदाबाहार भरिभराउ हुने उक्त होटल मा पर्यटकका लागि सवै सेवा सुविधा उपल व्ध रहेका छन् । पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच तारे होटल ग्रान्ड पोखराको एक मात्र पाँच तारे होटल होटल हो । फुलबारी होटल बन्द भएपछि पोखारामा एउटा मात्रै पाँच तारे होटल रहेको छ ।काठमाडौंबा पाँच तारे भन्दा केही सस्तो रहेको भएपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने रहेको छ। होटल को एकरातको पर्यटकका लागि ७ हजार ४ सय ६९ रुपैयाँ रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com