राष्ट्रपति भण्डारी आज न्युयोर्कका लागि प्रस्थान


प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ जान लाग्नुभएको छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।

लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन् ।

उनले साइडलानमा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी त्यसतर्फ जानुहुनेछ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा भने शनिबार नै त्यसतर्फ प्रस्थान गर्नुभयो। राष्ट्रपतिको टोली शुक्रबार फर्कने कार्यक्रम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com