यसरी घोषणा गरियो न्युयोर्कमा माउन्ट एभरेष्ट वे (भिडियो सहित )


प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार

न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे नामाकरण गरिएको छ । आज दिउसो विशेष समारोहकाबीच माउन्ट एभरेष्ट वे नामाकरण गरिएको हो । कार्यक्रममा न्युयोर्क र अन्य राज्यका नेपालीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कुमार कार्की, नेपाली महावाणिज्यदूत पुष्प भट्टराई, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेज लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीतिमा माउन्ट एभरेष्ट वे लेखिएको सडक चिन्ह अनावरढा गरिएको थियो ।

अनावरणपछि आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरियो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान समेत गरिएको थियो ।

गत डिसेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको थियो । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त प्रस्ताव न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेजले बैठकमा राखेका थिए । कोस्टाले न्युयोर्क सिटी काउन्सिलमा २२ औं जिल्लाको प्रतिनिधित्व गर्छन् ।

कोष्टाले न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स र आइडी फर्म नेपाली भाषामा भर्न सकिने व्यवस्थाका लागि समेत पहल गरेका थिए । माउन्ट एभरेष्ट वे नामाकरण गर्न अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा विभिन्न समिति र उपसमितिहरु समेत बनाइएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com