अमेरिकाले थप्यो साउथ सुडानको टीपीएस, नेपालको जुन २४ मा सकिदै


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

अमेरिकाले साउथ सुडानको टीपीएस अवधि १८ महिनाका लागि थपेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले साउथ सुडानको टीपीएस अवधि थपिएको घोषणा गरेकी हुन् ।

त्यहाँको अवस्थालाई सावधानीपूर्वक अध्ययन गरेर जारी सशस्त्र युद्धका कारण टीपीएसको अवधि थपिएको जनाइएको छ । साउथ सुडानका टीपीएसवाहकहरुले अब १८ महिनाका लागि पुन दर्ता गर्न सक्ने भएका छन् । आगामी नोभेम्बर २, २०२० सम्मका लागि साउथ सुडानको टीपीएस थपिएको हो ।

साउथ सुडानका टीपीएसवाहकहरु अमेरिकामा जम्मा ८४ जना रहेका छन् । सन् २०१६ को जनवरी २५ देखि निरन्तर अमेरिकामा बसिरहेका सुडानका नागरिकहरु टीपीएसका लागि योग्य हुनेछन् । तर उनीहरु सन् २०१६ को मे ३ देखिभने भौतिकरुपमा नै अमेरिकामा बसोबास गरेको हुनुपर्छ ।

साउथ सुडानको टीपीएस अवधि थपिएपनि नेपालको भने आगामी जुन २४ मा समाप्त हुँदैछ । नेपालको टीपीएस समाप्त नगर्न माग गर्दै अमेरिकी अदालतमा ट्रम्प प्रशासनबिरुद्ध मुद्दा समेत दायर गरिएको छ । उक्त मुद्दामा न्यायाधिसले नेपालको टीपीएस जारी राख्न सरकारका नाममा आदेश जारी गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com