जापानको नागोयामा दुई नेपाली पक्राउ


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

झुट्टा विवरण पेश गरी भिसा नविकरण गराएको आरोपमा जापानमा फेरि अर्का दुई नेपाली पक्राऊ परेका छन् । केही हप्ता अघि मात्र एक जापानी सहित ५ जना नेपालीहरु यस्तै प्रकृतिको घटनामा पक्राउ परेका थिए ।

याहु न्यूज लगायतका जापानी संचारसंस्थाहरुले प्रशारण गरेको समाचारअनुसार भिसा नविकरणका लागि नक्कली कागजात पेश गरेको आरोपमा जापानको नागोयामा नेपाली रेस्टुरेन्ट संचालन गर्दै आएका ४४ वर्षिय कृष्णप्रसाद शर्मा र टोयोटा सिटीमा बस्दै आएका ३७ वर्षिय किरण गुरुङ्लाई पक्राउ विहिबार पक्राउ गरिएको हो ।

नागोयामा रहेको खुशी ईण्डियन तथा नेपाली रेष्टुरेण्टका सञ्चालक शर्माले गत डिसेम्वर महिनामा पसलमा कामै नगरेका गुरुङ्लाई नक्कली कागजात बनाई १ वर्षे भिसा नबिकरण गराएको समाचारमा उल्लेख छ । शर्माले ६० मान जापानी येन (नेपाली रुपैँया छ लाख बराबर) लिएर सो नक्कली कागजात बनाएको बताईएको छ ।

गुरुङ माथि पनि झुटा विवरण पेश गरि कानुन उल्लघन गरेको आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com