बर्दियामा ११ वर्षीया बालिका बनिन् आमा


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ।यतिखेर उनी शरीर सुन्निने र ज्वरो आउने समस्याबाट पीडित छिन्। गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्टपूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दबहादुरको पछिल्लो अवस्थाले अरुको पनि मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्।

शरीर कमजोर छ, हिँडडुल गर्न पनि सक्दिन, दुई साताकी सुत्केरी भावनाले आफ्नो पीडा सुनाइन्। बच्चालाई प्रर्याप्त दूध पुग्दैन।उनलाई माइतीले अहिलेसम्म भित्र्याएका पनि छैनन्।मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बेतेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भावनाले थपिन्,’ घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु। जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताइन्। दिदीको घरमा बसेर पढ्दै आएका नन्दबहादुर पनि आर्थिक संकटका कारण गाउँमै मजदुरी गर्दै आएको उनले बताइन्। भेट्नका लागि दिउँसो झुप्रोमा आएपनि रातको समयमा भने आफू एक्लै बस्ने गरेकी छु।चैत्र महिनादेखि परीक्षा सुरु हुने भएकाले आफूलाई पढ्ने इच्छा रहेको उनले व्यक्त गरिन्। कसैको सहयोग पाए छोरीसहित आफू परिवारसँगै बस्ने इच्छा भएको उनले बताइन्।

बर्दियामा ११ वर्षीया बालिका बनिन् आमा

गेरुवा गाउँपालिका- ४ की वडा सदस्य जयभेला भेरीकारले उनीहरुको सामाजिक सहजीकरणमा भूमिका खेल्दै आएकी छन् । ग्रामीण समाजमा आउने अपहेलना विरुद्ध उनले वकालत गर्दै आएको बताइन्।वडा सदस्य भेरीकारले सुरुमा छिमेकीले खानपिन गराएको र अहिले उनकी आमाले खाना दिने गरेको बताइन्।

भावनाको विवाह पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहारसुसार नभएको उनको बताइन।उनले भनिन्,’ सुत्केरी आफैलाई स्याहार्न त मुस्किल छ, शिशुको कसरी रेखदेख गर्छिन?’ कुनै मनकारीले उनको पढाइ, स्वास्थ्यलगायत बासस्थानको व्यवस्थापन गरिदिए ठूलो पुण्य हुनेथियो,उनले भनिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com