महिलालाई यातना दिनेहरु महिलाकै विषयमा भाषण छाँट्ने ?


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

– शारदा शर्मा

बिहानै उठेर घर सफा गर्न थालें। डेरामा बस्दा बरु कति आनन्द थियो । काठमाडांैमा घर बनाउने सपनाले अलि बढिनै मेहनती त पक्कै बनायो । र पनि दुःख थपिएको अनुभूति भयो । आज बल्ल बःल बनाएको यही घर सफा गर्न हम्मेहम्मे परेको छ। महिला दिवस भए पनि मलाई भन्दा चटारो श्रीमानलाई थियो । कुन कमिज लाउने, कुन तेल र कस्तो प्रफ्युम् लगाउने भनेर। तर मेरो काँधमा एक इन्च कमी नभैकन कामका चाङहरु यथावत नै थिए । पहिला त मलाई अलि बढी नै रिस उठ्थ्यो । तर आज म दुखी पक्कै थिइन ।

म एक्लै घरमा बसे पनि यी सबैकाम मेरै काँधमा थिए भने म परिवारमा छु। कुनै न कुनै कुरामा सम्झौता नगरिकन जीवन कहाँ चल्छर ? असाध्यै नजिकबाट जब जीवन बुझ्न सक्ने सक्षम सम्झें आफूलाई । सामान्य घरको काममा आफूले आफूलाई अपमानित महसुस गर्न छोडिदिएँ । त्यसैले घरको काममा सहयोग गरेनन् भनेर म श्रीमानसँग रिसाउन छोडेको पनि धेरै भएछ। सायद त्यसैले पनि होला म आफ्नो कममा लागिरहें। बरन्डामा धारो खुलै रहेछ, हतार हतार गएर बन्द गरें। बाथरुमको ढोका लगाएको थिएन, गएर बन्द गरें ।

भिजेका टावेलहरु बाहिर घाममा सुकाए्ँ । बडारबुडुर गरेर पोचा लगाएँ । तातो पानी स्पेन्सरबाट गिलासमा भरेर चिया तयार गरे। आजकल चिनी राखेको चिया खान छोडेकाले ग्रीन टी भए हुन्छ, सजिलै छ । छोरीको कलेज र छोराको स्कुलको तयारी गरें । सिसाकलम तिखारेर छोराको ब्यागमा राखिदिएँ । जम्मा तीन कक्षामा पढ्छ । फेरि फाइनल जाँच आइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रेकफास्ट मात्र गरेर कलेज जाने छोरीलाई अन्डा पाउरोटी बनाइदिएँ। माथिबाट श्रीमानले मिठो स्वरमा भन्नुभयो मलाइ कागती पानी बनाइदियौ ? किन नबाउने बाइदिएकी छु। ग्याँस प्याट्ट पारेर अन्डा बसालें । छोरी पनि ब्रेकफास्ट मात्र गरेर जान्छे । आजकलका स्कुलहरु दाल भात उतै ख्वाउँछन पैसा तिरेपछि। आठ बजे छोरा छोरी दुबैजना गाडी चढे । म फेरि काममा लागें । हतार हतार भित्र बाहिर पुछेपछि श्रीमानको लागि चिया तयार गरें ।

अब हामी दुइजना बुढाबुढी मात्र । खाना त बाहिरै खाए पनि हुने हो । तर बाहिर त्यत्ति खान मन लाग्दैन । म घरमानै खाना बनाउँछु । उनी पनि अफिसियल रुपमा हेर्दा फुर्सदिलो मान्छे पक्कै हैन । म पनि अफिसमा काम गर्छु। ब्रोकाउली लिएर किचेनको टेवलमा बसें तर्कारी काट्न । लाग्यो एकैछिन त आफू मेशिननै हुंँ । कति धेरै काम गर्न सक्या हो ? आफूले गरेको काम देखेर आफंै चकित परें । महिला भनेका मेशिन हैनन् भनेर भाषण दिनुपर्ने आजको दिनमा पनि आफ्ना कमले आफैलाई मेशिन भन्दा निकै अगाडि देखेर चकित बनें ।

यत्तिकैमा श्रीमानले झनै मिठो स्वरमा भन्नुभयो आउ केटाकेटी गइहाले अब के काम छ र ? त्यही भात पकाउने त हो । एकैछिनमा पकाए पनि हुन्छ। चिया लिएर आउ तिमीलाई पनि। रिसाउन पटक्कै मन लागेन । तर अचम्म लाग्यो । हैन यी बुढाले काम केलाई भन्छन होला ? बिहान देखि बेलुकीसम्म मैले गर्ने कामको कुनै हिसाब छैन ।

प्रत्येक दिन उनले आफ्नो कामको दुख सुनाउँछन् । मेरो कामको कुनै हिसाब छैन । हामी हरेक काम सल्लाहामा गर्छौैं । दुई जना बसेर योजना बनाएर नै गर्छौं । अफिसका मसिना भन्दा मसिना कुराहरुमा छलफल गर्छौैं । तर घर टोटल मेरो जिम्मामा छ। मैले नुन नरखीकन तरकारी पकाएको दिन थाहै नभए झैं उनलाई सोध्छु अलि चर्को भयो कि आज ? मुसुक्क मुस्कुराउँदै जवाफ दिन्छन एकदम ठिक छ। के भन्नु यस्तालाई स्वभाव जानिसकेपछि यस विषयलाई आफ्नो अधिकार हनन भएको पनि मानिन मैले । जबकि उनलाई तरकारीमा नून भएको नभएको समेत मेसो हुन्न । खानेकुरामा कहिल्यै गुनासो सुन्नै पर्दैन ।

अलि मसिनो स्वरमा भनें, आज नारी दिवस कार्यक्रममा पनि जानुछ । अलि छिटै पकाउँछु । पत्रिका पढेर चिया पिउँदै गरेका श्रीमानले सुने सुनेनन् थाहा भएन । मलाई भन्दा उनलाई नै हतार थियो । किनकी आज उनी पनि त नारी दिवसमा मनतब्य दिंदैछन् । म पनि बोल्ने कार्यक्रम थियो । छिटो छिटो गरेर खाना पकाएर खाइवरी हामी एउटै गाडी चढेर आ—आफ्ना कार्यक्रममा झ¥यौं । नारी दिवसको चटारो थियो। स्टार होटलको रौनक त्यहाँमाथि महिलाहरुको कार्यक्रम । चार नबज्ने समयसम्म फुर्सदिली थिएँ म। त्यसपछि सानो छोरो घरमा आइहाल्छ ।

गाडी झरेर दुइ पाइला पनि हिंडन नपाउँदै म भन्दा सानो उमेर दखिने दुइ तीन जना महिलाहरु हतार हतार दौडिदै मेरै नजिकबाट आए । हातको पर्स धन्नै खसेन। गाली गरें । कति हतार भा हो ? उनीहरु टक्क अडिएर सरी भने । अनि यति हतारमा अरुलाई नदेखेझैं हिंडेने ? आज महिला दिवस त्यही दिवसकी प्रमुख बक्ता मलाई यादै भएन त्यतिखेर । चर्कै कोकोहलो भने मच्याइसकिछु । उनिहरुले आफ्ना कुरा बेलिबिस्तार लाउन थाले। हेर्नु न हामी हतारमा छौं। मेरा श्रीमानले मलाई हेर्न छोडेको दुई वर्ष हुन थाल्यो । उनी आजकल न समयमा घरमा आउँछन् न छोराछोरीको वास्ता गर्छन् । आज महिला दिवस यहाँ कार्यक्रम छ रे । त्यहीं उनकी गलफ्रेन्ड पनि आउने रे । त्यही थाहा पाएर हामी उनिहरुको झाँको झार्न यहीं कार्यक्रममा आएको । म झस्याङग भएँ ।

साँच्चै महिला दिवस । मेरा श्रीमान पनि दुइथरी प्रफ्युम् छरेरै गा छन् । महिलाहरुको विषयमा भाषण गर्न । कि बुढाले बद्मासी गरेका छन् र हँ मेरा पनि के थाहा ? अलि घाँटी सुके जस्तो भयो । घरबाट पानी पिएर गए पनि उनिहरुका कुरा सुनेर तिर्खा लागेजस्तो भयो ।

हैन, मेरा बुढा त्यस्ता छैनन् । उनी सिधा छन् । त्यति मिठो स्वरमा बोलाउँछन् मलाई । मैले भनेको जे पनि मान्छन् अनि कसरी ? नभएको विश्वासलाई पनि झनै मजबुत बनाउँदै सोचें म पनि त सजधज आएकी छु। सरक्क सारीको फर्को पारें अनि निकै भलाद्मी पाराले सोधें हैन भएको के हो ? अनेक पिडाहरुलाई पत्र पत्र केलाउँदै जाँदा उनको आँखाका डिल भिजिसकेका थिए। सँगै आउने अरु दुई जना बहिनी पर्ने रहेछन् । दिदीको अधिकार सुनिश्चित गर्न आएका । समय भन्दा केही अगाडी पुगेका थियौं। सुटबुटका साथ महिला हिंसा बिरुद्वको भाषण दिन माधब सर आइपुग्नु भयो । माधब सरको हाउभाउ हेर्दा उनी देशको अर्थतन्त्रको विषयमा भाषण गर्न संसद छिर्न थालेका अर्थमन्त्री जस्ता देखिन्थे ।

नमस्कार सर, भनेको मेरो नमस्कार पनि नफर्काई उनी सभाकक्षमा प्रवेश गरे। म सँग आएकी श्रीमान पीडित झनै चर्को चिच्याउन थालिन। यही माधव सर त हो नि मेडम मेरो श्रीमान। हाम्रो कार्यक्रमकी संयोजक टुपुक्क आइपुगिन । मैले आइपुग्नु भयो नभन्दै उनी भित्र पसिन। हैन के भा हो सबैलाई । त्यति राम्रो रेस्पोन्सनै छैन। भित्र जान नपाउँदै उनीहरु भित्र छिरिसकेका थिए। सोचें माधव सर मेरो श्रीमान भन्दै आएकी महिला साँच्चै बोल्दैछिन या झुठ ?

उनीभित्र पसेर चर्काे स्वरमा कराइन । के को महिला अधिकार ? मलाई हेलाँ गर्ने बाहिर आइमाई राख्ने अनि अधिकारका कुरा गर्ने ? नडराइकन उनले आफ्ना भावनाहरु सुनाउँदै गइन् । महिला मुक्तिको लागि हिंड्दा हिंड्दै आफ्नो श्रीमानलाई समय नै दिन नभ्याएर छोडेकी हाम्रो कार्यक्रमकी संयोजक रितु मेडम लगाएतका आफूलाई महिलाहरुको समस्याका विषयमा बोल्न र आवाज उठाउन माहिर छौं भन्नेहरु कार्यक्रममा थियौं । ओ हो समस्या आयो । के उनले रुँदै सुनाएका कुरा साँचै हुन ? अनि माधव सर नै हुन त उनका श्रीमान ? मेरा आँखा तिर्मिराए ।

को होलिन् माधव सरसँग लागेर उनीहरुको परिवारको बिसर्जन गर्ने ति महिला ? सोचें केही थाहा नपाएकी सामान्य महिला होलिन् नभए त किन अरुको श्रीमानसँग लाग्थिन र ? हुन त आजकल पैसाको लागि जे पनि गर्छन् मान्छेहरु । माधव सरसँग पैसा छ भनेर लाग्यो की कोही। के भन्ने के नभन्ने। फेरि कार्यक्रमको प्रमुख वक्ता मलाइ नै बनाएका छन् । तर म भन्दा निकै जान्ने सुन्ने हौं भन्ने पनि सबै छन् । टेवलमा पानी थियो गिलासमा राखेर आधा सकाएँ । यत्तिकैमा माधव सर बोले फाइवस्टार होटल भन्ने ? चार्ज उत्तिकै महंगो लिने ? अनि जो पायो त्यही मान्छेहरुको प्रवेस यहाँ कसरी? सेक्युरिटी??? उनी चिच्याए । यता ति महिलाहरु रुँदै कराउँदै गर्न थाले। कसैले कुनै रेस्पोन्सिवल कुरै नगरे पछि मैले ति महिलालाई भने एकैछिन हल्ला नगर्नुस् ।

आज महिला दिवस । यहाँ हामी महिलाहरुका समस्या ,दुख पीडाको विषयमा बहस गर्दैछौं। उनका कुरा के हुन सुनौं । उनी पनि महिला हुन। सबै मुखामुख गरे।

अनि मैले मञ्चमा नै ति महिलाहरुलाई बोलाएर सबै कुरा सोधें। मधव सरले पहिला ति महिलालाई श्रीमती हुन पनि भनेन् । किस्ताबन्दी रुपमै उनले सबै कुरा स्वीकार गरिसकेपछि उनको प्रेमिकाको रुपमा उदय भएकी रितु मेडमको नाम आयो । आजकल हामी रिलेसनमा छौं ।

हैन, कति सजिलै ढांट्न सकेको ? कसरी ढाँठ्न सकेको ? घरमा लोग्ने हुँदाहुँदै समय दिन नसकेर छोडेकाले अर्काको श्रीमानलाई समय दिन कसरी सकेको ? अनि आफ्नी श्रीमती र छोराछोरी भएको मान्छे पनि अर्काकी स्वास्नीसँग कसरी ? संयोग थियो यो। वर्षौं सबैका प्रिय बनेका माधव र रितु दुबै मक्कार निस्केका थिए ।

सायद यही सम्बन्धको कारण हो या के दुबै जनाले डिप्रेसनको औषधी र डाक्टरको काउन्सिलिङ लिराख्ने रहेछन् । मलाई घृणा जाग्यो यस्ताहरुको पनि यति धेरै चुरीफुरी । जस्ले आफूलाई सम्हाल्न सकेका छैनन, आफ्नो घर सम्हाल्न सकेका छैनन । अनि जसले महिलालाई यतिधेरै यातना दिएका छन् ति महिलाकै विषयमा भाषण छाँट्ने ? अर्काका स्वास्नीलाई आँखा लगाउनेहरु, अनि अरुका श्रीमान भनेपछि मरिमेट्नेहरुलेनै झनै धेरै इमान र इथिक्सका कुरा गर्ने ?

थाहा नपाउने समयसम्मको उनिहरुको चुरीफुरी सम्झेर आफैप्रति रिस उठ्यो। यस्ताको संगत गरिएको रैछ। जो मान्छेमा जनावरमा जति पनि इमान्दारिता छैन, ति मान्छे मान्छे हुनै सक्दैनन् । सायद त्यही समय रितु मेडमका श्रीमान निन्याउरो मुख लिएर टुपुक्क आइपुगे । कार्यक्रमको अ‍ैपचारिक रुपमा सुरुवात र अन्त भएको भन्दै मैले माइक हातमा लिएँ।

रितु र माधवको यात्रा आजबाट टुङ्गिनु पर्छ । माधवले आफ्ना छोराछोरी र श्रीमतीलाई माया गरेर राख्नु पर्छ। रितु आफ्नो श्रीमानसँग खुसी रहन सक्नुपर्छ। न्यायधिसको फैसला जस्तै भयो क्यारे कार्यक्रम पनि समाप्त भयो ।

महिला मुक्तिका गाथा गाउँदै गर्दा पुनः जोडिएका यी सम्बन्धहरु यतिधेरै मजबुत बनेछन् । सायद जीवन बुझेर चल्न जान्ने हो भने प्रत्येक बिहानीको किरणले नयाँ आयाम ल्याउन सक्छ । दुई सन्तानकी आमा बनेकी रितुले त्यतिखेरैबाट डिप्रेसनको औषधी छोडिछन् । उनले मलाइ जीवन दर्शन सुनाउँदै जाँदा म रमाइलो मान्दै सुनिरहें । छोराको युनिभर्सिटी हेर्न अमेरिका पुगेर भर्खर फर्केका माधवले पनि डिप्रेसनको औषधी खान छोडेको लामै समय भएछ ।

छुट्टा छुट्टै ठाउँमा भेटिएका यी दुई पात्रले आज पनि नारी दिवसको सम्झना गराए। सोचें आखिर जीवन र , खुसी सोचाइ र भोगाइको संगम हो । यहाँ भाषण भन्दा बढी रासनको आवश्यकता छ, अस्थिरता भन्दा बढी सुशासनको आवह्यकता छ । र आफूभित्रै बद्लावको आवश्यकता छ। थोरै भए पनि आफू नै बदलिन सक्नेहरुनै खुसी र सुखी रहन सक्छन् भने हरेक दिवसलाई बद्लावको रुपमा किन नमनाउने ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com