बाल यौन दुर्ब्यबहारको अभियोगमा अमेरिकामा नेपाली युवा पक्राउ, १५ अभियोग
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बाल यौन दुर्ब्यबहारको अभियोगमा अमेरिकाको न्यु हेम्पशायरमा एकजना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ बर्षका दर्पण किराँत राई रहेका छन् ।
उनीबिरूद्ध १५ वटा अभियोग लगाईएको छ । रोचेष्टर निवासी राईलाई बुधवार अदालतमा पेश गरिएको जनाइएको छ ।
प्रहरीले राईबिरूद्ध गत मेदेखि अनुसन्धान सुरू गरेको थियो । राईले यौन दुर्ब्यबहार गरेको भनिएका पीडितले बर्षौंदेखि राईको यौन दुर्ब्यबहार भोगेको दावी गरिएको छ । पीडितलाई स्कुल पढ्दादेखि नै राईले यौन दुर्ब्यबहार गरेको आरोप छ ।
राईबिरूद्धका आरोपहरू अदालतले पुष्टी गर्न बाँकी छ । राईले अभियोग स्वीकार गरे वा नगरेकोबारे पनि जानकारी प्राप्त भएको छैन ।