प्रचण्डका प्रचण्ड चुनौती


प्रकाशित मिति : श्रावण २४, २०७३ सोमबार

-खसोखास नेपाल ब्यूरो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालको ३९ औं प्रधानमन्त्रीका रुपमा क्रियाशिल छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन । शपथ लिएसँगै उनी नेपालको दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता हुन् । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो परम्परा तोड्दै चारबुँदे निर्णयमा हस्ताक्षर गरे । यसअघिका प्रधानमन्त्रीले पदभार ग्रहणसँगै एउटा मात्र निर्णयमा हस्ताक्षर गर्ने परम्परा जस्तै बनेको थियो ।
उनले हस्ताक्षर गरेका चारवटा निर्णयमा, गरिबका लागि सरकार कार्यक्रम, भूकम्प पीडितलाई राहत र पुनर्निमार्णका लागि पीडित परिवारलाई ४५ दिनमा पहिलो किस्ता दिने, चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र चिकित्सक पठाउने,देशभरका दलित र कर्णालीका नवजात शिशुको समयमा जन्मदर्ता गर्न आउनेलाई प्रोत्साहन स्वरुप १ हजार दिने रहेका छन् ।
पहिलो पटक प्रधानमन्त्री हुँदा एमालेबाट धोका भएको भन्दै नौ महिनामा सरकारबाट राजीनामा दिएका प्रचण्ड दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएका हुन् । २०६५ असार ३१ गते गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बनेका प्रचण्ड तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल काण्डकै कारण कुर्सी छोड्न बाध्य भएका थिए ।

८२ सीट मात्र भएको पार्टीसँग संसदिय राजनीतिमा महत्वपूर्ण मानिने सबै पद उनकै पोल्टोमा परेका छन् । यो पनि उनको राजनीतिक कुसलता हो भन्नेहरु पनि छन् । राजनीतिक खेलमा सफल देखिए पनि परिवारभित्रको चक्रव्यूबाट उनी कहिल्यैमाथि उठ्न सकेनन् ।

राष्ट्रिय स्वाधीनताका लागि भन्दै प्रचण्डले जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट ०६६ वैशाख २० गते राजिनामा दिएका थिए ।
प्रधानमन्त्रीपदबाट राजीनामा गरेपछि उनले सिंगो पार्टीलाई सड्क र सदनको आन्दोलनमा होम्ने काम गरे । त्यो बेला निकै ठूलो आन्दोलन भयो । उनको राजीनामापछि माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्यो । विदेशीको इसारामा बनेको सरकार भन्दै सड्क आन्दोलनबाट सत्ता कब्जा गर्ने नीति लिएका प्रचण्डले भने जस्तो हुन सकेन तर, एमालेलाई कुर्सीबाट लडाउन सफल भए ।
विद्रोहको नेतृत्वबाट संसदिय राजनीतिमा आएका प्रचण्ड सत्ताको खेलमा सबै अघि देखिए । उनले शक्ति परिचालनको लागि खेल्ने भूमिकालाई धेरैले दुई जिब्रेको संज्ञा दिएका छन् । अन्य राजनीतिक पार्टीहरुले चाहे पनि नचाहे पनि उनको पार्टीसँग अहिले, प्रधानमन्त्री, उपराष्ट्रपति र सभामुख जस्ता महत्वपूर्ण पद छन् । ८२ सीट मात्र भएको पार्टीसँग संसदिय राजनीतिमा महत्वपूर्ण मानिने सबै पद उनकै पोल्टोमा परेका छन् । यो पनि उनको राजनीतिक कुसलता हो भन्नेहरु पनि छन् । राजनीतिक खेलमा सफल देखिए पनि परिवारभित्रको चक्रव्यूबाट उनी कहिल्यैमाथि उठ्न सकेनन् । छोरा प्रकाशले गर्ने असामाजिक हर्कतलाई उनले सधै काखी च्यापेर बसे । उनीमाथि आफ्नै पार्टीका नेता कार्यकर्ताले आर्थिक हिनामिना गर्ने सुचिमा राख्ने गरेका छन् ।
उनी पहिलो प्रधानमन्त्री एमालेको सहयोगबाट भए भने दोस्रो पटक कांग्रेस लगायतका साना राजनीतिक दललाई साथमा लिएर सरकार चलाउने ९ महिनाको सम्झौता गरेको जनाइएको छ । यो नौ महिनामा उनले गर्नु पर्ने धेरै काम छन् । तर, कांग्रेससंग भएको नौ महिने कार्यकालको सहमति जनता र देशका लागि उपलब्धी मुलक नहुने तर्क गर्नेहरु धेरै छन् । अहिलेसम्म सत्ता बाहिर नबसेको एमालेलाई प्रतिपक्षमा पुर्याएर प्रचण्डले सजिलै सत्ता चलाउन सक्दैनन् भन्नेहरुलाई जवाफ उनले कसरी दिनेछन् त्यो उनको कुरा भयो । तर, अहिले राजनीतिक परिवेश सजिलो भने पटक्कै छैन ।

अघिल्लो पटक एमालेले धोका दिँदा प्रचण्डको प्रधामन्त्री पद खोसिएको थियो भने यसपटक प्रचण्डले गर्दा एमालेको सत्ता ढल्यो । नौ महिनामा माओवादी केन्द्रले दिएको धोकालाई एमालेले सजिलै बिर्सने अवस्था नभएको संकेत एमाले नेताहरुले बारम्बार आफ्ना सार्वजनिक कार्यक्रम र अन्तरवार्तामा दिएका छन् ।

नयाँ संविधान कार्यन्वय, प्रदेशको सिमांकन, द्धन्द्धकालिन मुद्धाको सहि समाधान, मधेका मागको सम्बोधन, तीन तहको निर्वाचनको मिति तय र भूकम्प पीडित जनतालाई छानोमूनि ल्याउने काम अहिले पनि लथालिङ्ग अवस्थामा रहेको छ ।
अघिल्लो पटक एमालेले धोका दिँदा प्रचण्डको प्रधामन्त्री पद खोसिएको थियो भने यसपटक प्रचण्डले गर्दा एमालेको सत्ता ढल्यो । नौ महिनामा माओवादी केन्द्रले दिएको धोकालाई एमालेले सजिलै बिर्सने अवस्था नभएको संकेत एमाले नेताहरुले बारम्बार आफ्ना सार्वजनिक कार्यक्रम र अन्तरवार्तामा दिएका छन् । केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा पहिलो पटक कम्युनिष्टको सरकार बन्यो भन्दै निकै उत्साहित दुबै पार्टीका कार्यकताले अहिले एकले अर्कोलाई सत्तो सराप गरेको सामाजिक सञ्जालमा पढ्न पाइन्छ ।
प्रचण्डको अर्को चुनौति भनेको भारतिय दलाल भन्ने आरोप एमाले इतरका राजनीतिक दलहरुले समाजमा जर्बजस्त स्थापित गरिदिएका छन् , त्यसलाई चिर्न प्रचण्डले हरेक पाइलामा एमालेको समाना अवश्य गर्नु पर्ने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com