फोर्ब्सले प्रकाशित गर्यो विश्वका धनाढ्यको सुची, विनोद चौधरीको सम्पत्ति १ बर्षमा २० अर्ब बढ्यो


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

चर्चित संचारमाध्यम फोब्र्सले विश्वका धनाढ्यहरुको सुची प्रकाशित गरेको छ । जसमा नेपालका विनोद चौधरी १३४९ औं नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति १ दशमलव ७ बिलियन रहेको फोब्र्सले जनाएको छ । जुन नेपाली रुपैया झण्डै पौने २ खर्ब हो ।

चौधरी गु्रपको लगानी बैंक, खाद्यसामाग्री, विद्युत, बियर र होटलमा रहेको छ । चौधरी गु्रपको सिजी फुडले चर्चित वाईवाई चाउचाउ निर्माण गर्दै आएको छ । वाईवाई चाउचाउ भारत, सर्विया, साउदी अरेविया र बंगालादेश लगायतका देशमा निर्यात हुँदै आएको छ ।

चौधरी गु्रपले २९ वटा होटल संचालन गर्दै आएको छ भने ७० वटा होटलमा लगानी रहेको छ । भारतको ताज होटलका चेन लगायतका लक्जरी होटलमा चौधरी गु्रपको लगानी रहेको छ । विनोद चौधरीका छोराहरु निर्भानाले नेपालमै रहेर तथा राहुल र वरुणले विदेशमा रहेर उनको विजनेशमा सहयोग गर्दै आएका छन् ।

६३ बर्षीय चौधरीको सम्पत्ति गतबर्षको तुलनामा झण्डै २० अर्ब नेपाली रुपैया बढेको फोब्र्सले जनाएको छ । गतबर्ष उनको सम्पत्ति एकदशमलव ५ बिलियन अर्थात् डेढ खर्ब नेपाली रुपैया रहेको थियो ।

सन् २०१३ मा एक बिलियन डलरको सम्पत्ति आर्जन गरेर चौधरी बिलेनियरको सुचीमा सुचीकृत भएका थिए । सन् २०१४ मा उनको सम्पत्ति एकदशमलव १ बिलियन पुगेको थियो । त्यस्तै सन् २०१५ मा १ दशमवल ३ बिलियन पुगेको उनको सम्पत्ति सन् २०१६ मा १ दशमलव १ बिलियनमा झरेको थियो ।

सन् २०१६ मा पुन एकदशमलव ३ बिलियन हुँदै सन् २०१७ मा उनको सम्पत्ति एकदशमलव ५ बिलियन डलर पुगेको थियो । चौधरीका पिताले नेपालको पहिलो डिपार्टमेन्टल स्टोर खोलेका थिए ।



विनोद चौधरीसँगको एक डिनरमा अमेरिकाका चर्चित नेपाली युवा लेखक राजन थपलिया ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com