ताजा रिपोर्ट : युएससीआईएसबाट कति एसाइलम स्वीकृत ?
प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

अमेरिकी सरकारको युएससीआईएसबाट सन् २०१८ मा स्वीकृत भएका र अस्वीकृत भएका एसाइलमको विवरण युएससीआईएसले सार्वजनिक गरेको छ । युएससीआईएसको रिपोर्ट अनुशार युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या अहिले झण्डै ३ लाख रहेको छ ।
आर्थिक बर्ष २०१८ को पहिलो तीनमहिनामा युएससीआईएसमा ३२ हजार ४ सय २० एसाइलमका आवेदनहरु परेका थिए । पहिलो तीनमहिनामा ३ हजार २ सय ३१ एसाइलम स्वीकृत गरिएको र ४७ एसाइलम अस्वीकृत गरिएको युएससीआईएसले जनाएको छ । पहिलो त्रैमासिकको अन्त्यसम्ममा पेन्डिङ एसाइलमको संख्या ३ लाख ७ हजार ६ सय ३५ रहेको थियो ।
त्यस्तै दोश्रो तीनमहिनामा २८ हजार ५ सय ४ वटा आवेदनहरु परेका थिए । यो त्रैमासिकमा ४ हजार २ सय ५७ एसाइलमका आवेदनहरु स्वीकृत गरिएको र ८८ आवेदन अस्वीकृत गरिएको युएससीआईएसले जनाएको छ । दोश्रो त्रैमासिकको अन्त्यसम्ममा पेन्डिङ एसाइलमको संख्या ३ लाख १८ हजार ६ सय २४ रहेको थियो ।
तेश्रो त्रैमासिकमा २२ हजार ३ सय ९६ एसाइलमका आवेदन परेका थिए भने यो अवधिमा ४ हजार ९ सय १८ आवेदन स्वीकृत भए भने २८१ आवेदन अस्वीकृत भए । तेश्रो त्रैमासिकको अन्त्यसम्ममा पेन्डिङ एसाइलमको संख्या ३ लाख १९ हजार ५ सय ६३ पुगेको थियो ।
आर्थिक बर्ष २०१८ को अन्तिम त्रैमासिकमा २२ हजार ७ सय २१ एसाइलमका आवेदन परेकोमा ५ हजार १ सय ३१ स्वीकृत भए भने ३१० आवेदन अस्वीकृत भए । तेश्रो त्रैमासिकको अन्त्यसम्ममा पेन्डिङ एसाइलमको संख्या ३ लाख १९ हजार २ सय २ रहेको थियो ।
सन् २०१८ मा कुल ६६२ एसाइलम आवेदन अस्वीकृत भएको देखिन्छ । पहिलो र दोश्रो त्रैमासिकको तुलनामा तेश्रो र चौथोमा एसाइलम अस्वीकृत हुने संख्या ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०१८ मा युएससीआईएसबाटमात्र १६ हजार ७३७ एसाइलमका आवेदनहरु स्वीकृत गरिएको छ ।
आर्थिक बर्ष २०१८ सुरु भएयता एकलाख ६ हजार ४१ एसाइलमका आवेदन परेकोमा १७ हजार ५ सय ३७ आवेदन स्वीकृत भएको युएससीआईएसले जनाएको छ । युएससीआईएसको रिपोर्ट अनुशार एसाइलम स्वीकृत दर अस्वीकृत दरको तुलनामा निकै उच्च रहेको छ ।