क्रिकेट मैदानमा जुटे धुर्मुस


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो ।

आइतबार मध्यान्न फलामको पोल गाडिरहेको ठाउमा सिताराम कट्टेल (धुर्मुस) आफैं सिमेन्टको मसला बोक्दै गरेको देखिए । मसला बोक्नेदेखि फलामका रड काट्न समेत उनी सघाइरहेका थिए । निरीक्षणका लागि पुगेका कट्टेल कामदारलाई हौस्याउन यसरी खटिएका थिए । केहीबेर कामदारसँगै मिसिएर उनले परिश्रम गरे ।

रंगशाला निमार्ण अवलोकन गर्न उनी यहाँ आएका हुन्। उनले निमार्ण प्रगतिबारे जानकारी लिए। रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए। आफ्नो गाउमा ठूलो योजना ल्याएको भन्दै धुमुसलाई गाउँलेले धन्यवाद पनि दिए।

उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए।

२० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाइने छ ।अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com