फेसबुक बन्द हुने कुरा हल्लामात्रै, झुटा सूचना फैलाउनेलाई कारबाहीको प्रक्रिया सुरु


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा सरकारको नाम प्रयोग गरेर एउटा गलत खबर फैलिरहेको छ । सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेको भनेर सुचना दिइएको छ । यस्तो हल्ला हुन थालेपछि सरकारले हल्लाको पछि नलाग्न अनुरोध गरेको छ

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्धारा झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com